९ पुष २०८२, बुधबार
अन्तर्राष्ट्रिय

भारतीय काश्मिरमा डुंगा पल्टिँदा १५ जना बेपत्ता

४ वैशाख, काश्मीर ।  भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् ।
श्रीनगर सहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए ।
काश्मिरका एक वरिष्ठ अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने,  “दुर्घटनापछि बालबालिकासहित करिब १५ जना बेपत्ता भएका छन् ।’
हिमालयको काश्मिर उपत्यकामा केही दिनको वर्षापछि नदीको पानी बढेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार डुङ्गा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो ।
श्रीनगरका जिल्ला मजिस्ट्रेट बिलाल मोही–उद–दिन भटले भने, “हाम्रो उद्धार टोली त्यहाँ छ, हामी घटनाको विवरण पत्ता लगाइरहेका छौँ ।”
धेरै कार्यालयका कर्मचारी तथा विद्यालयका विद्यार्थीहरू सडक यातायातबाट बच्न बिहान डुङ्गाबाट नदी पार गर्छन् ।
काश्मिरमा पहाडी क्षेत्रका सडकमा दुर्घटनाहरू सामान्य भए पनि यात्रुवाहक डुङ्गा दुर्घटना विरलै हुने गर्छन् ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण