२२ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

सुदूरपश्चिममा लक्ष्मणकिशोरलाई समर्थन नगर्न एकीकृत समाजवादीका नेतालाई दबाब

२ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा कांग्रेससँग मिलेर सरकार नबनाउन सुदूरपश्चिममा एकीकृत समाजवादीका नेताहरुलाई दबाब परेको छ ।

 

नागरिक उन्मुक्ति पार्टीका नेतालाई मुख्यमन्त्रीमा समर्थन नगर्न एकीकृत समाजवादीभित्र दबाब परेको हो । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षका नेता लक्ष्मणकिशोर चौधरी नेपाली कांग्रेस र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारीमा छन् ।

 

तर एकीकृत समाजवादीका नेताहरु अलमलमा परेका छन् । स्रोतका अनुसार पार्टीका शीर्ष नेताले टेलिफोन गरेर एमाले–माओवादीसहितको गठबन्धनमै रहन र कांग्रेस–नाउपालाई साथ नदिन दबाब दिएपछि सुदूरपश्चिमका एकीकृत समाजवादीका नेताहरुले चौधरीलाई समर्थन दिन सकेका छैनन् ।

 

कांग्रेस संसदीय दलका नेता तथा कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाह र नाउपा रेशम पक्षका नेता लक्ष्मणकिशोर चौधरी मुख्यमन्त्री निवासमा एकीकृत समाजवादीका नेताहरुलाई पर्खिरहेका छन् ।

 

तर एकीकृत समाजवादीका नेताहरुले आनाकानी गरेका कारण प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्न सकेका छैनन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।