२ वैशाख, भक्तपुर । भक्तपुरको बोडे क्षेत्रमा वैशाख 1 गतेका दिन धुमधामका साथ बिस्का जात्रा मनाइएको छ । यो जात्रा लाइ बिस्केट जात्रा अथवा विश्वदोज जात्रा पनि भनिन्छ।
यो जात्रा भक्तपुरको सबैभन्दा ठुलो जात्रा पनि हो । एक आपसमा रङ लगाउदै बाजाको तालमा नाच्दै गाउदै यो जात्रा मनाइने गरिन्छ्। पौराणिक कथा अनुसार यो जात्राको सुरुवात एक सुन्दर राजकुमारी सधैं उनको विवाहको एक दिन पछि विधवा हुन्थिन किनभने उनीसँग विवाह गर्ने धेरै पुरुषहरू भोलिपल्ट सर्पदंशका कारण मृत फेला परेका थिए।

तर, उनले पछि गएर तान्त्रिक शक्ति भएका राजकुमार सङ्ग विवाह गरिन । त्यसपछि रहस्यमय मृत्युको कारण थाहा पाउन उनिहरु त्यो विवाहको राति जागा रहे ।

केहि समयपछि राजकुमारी को नाकबाट धागो जस्तो संरचनामा दुईवटा सर्प देखा परे र राजकुमारलाई आक्रमण गरे, जसमा राजकुमारले आफ्नो तरवारले सर्पलाई मारे। भोलिपल्ट बिहान उनलाई जीवित देखेपछि मानिसहरूले खुसी भएर त्यो दिनलाई बिस्का जात्राको रूपमा मनाउन थाले।


यो जात्रा १२ शताब्दीदेखि मनाइँदै आएको जनविश्वास छ । यसरी हरेक बर्ष राजकुमार जिउदो भेटिएको खुसि मा हर्षउल्लासका साथ भक्तपुरमा यो जात्रा मनाइन्छ ।














