२१ माघ २०८२, बुधबार
खेलकुद

नेपालको मध्यम बलिङ प्रदर्शन

३० चैत, काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा मलेसियाविरुद्ध मध्यम बलिङ प्रदर्शन गरेको छ । अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ६९ रन बनाएको छ ।

मलेसियाका कप्तान विरनदीप सिंह २८ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा क्रिजमा छन् । शर्विम मुनिआन्डी १४ बलमा समान १ चौका र छक्कासहित १८ रनमा क्रिजमा छन् ।

मलेसियालाई ओपनर विरनदीप सिंह र मोहम्मद आमिरले ५.१ ओभरमा ३५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए ।

आमिर दीपेन्दसिंह ऐरीको बलमा १६ रनमा कट एण्ड बोल्ड आउट भए । नेपालले आजको खेलमा प्रतिश जि.सी, विवेक यादव र अनिल कुमार शाहलाई बेन्चमा राखेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected