२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

युएईको सानदार विजयी सुरुवात

३० चैत, काठमाडौं । ओपनर एलिशान शराफु र मध्यक्रमका ब्याटर आसिफ खानको उत्कृष्ट ब्याटिङमा युएईले एसीसी प्रिमियर कपमा कुवेतलाई ७ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।

१७९ रनको लक्ष्य पछ्याएको युएईले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा एलिशान शराफुले ४८ बलमा ८ चौका र ५ छक्कासहित ९० रनको अविजित इनिङ खेले । आसिफ खान ४८ बलमा ४ चौका र ६ छक्कासहित ७४ रनमा नट आउट रहे ।

चौथो विकेटका लागि आसिफ र एलिशानले ८४ बलमा १५३ रनको अविजित साझेदारी गर्दै सहज जित दिलाए । तर सुरुवात भने राम्रो थिएन । इनिङको सुरुवाती दुई बलमा मोहम्मद वासिम र तानिश सुरीलाई शून्यमा गुमाएको थियो । विष्णु सुकुमारन ११ रनमा आउट हुँदा एक समय युएई ४ ओभरमा २६-३ को अवस्थामा पुगेको थियो । कुवेतका शाहरुख क्द्दिुसले २ र यासिन पटेलले १ विकेट लिए ।

त्यसअघि अल अमरेत मैदान २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ८ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । कुवेतका ओपनर क्लिन्टो आन्टोले २३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५४, राजिवा सानदारुवान २१, मित भावसार २५, उस्मान पटेल २७ र बिलाल ताहिरले २३ रन बनाए । राम्रो सुरुवात पाएपनि ठूलो इनिङमा बदल्न सकेको थिएन ।

युएईका बासिल हामिद र अली नासिरल ३–३ तथा आयन खान र मोहम्मद फारुकले १–१ विकेट लिए । नेपालले दिउँसो ४ : १५ मा मलेसियासँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected