२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज

ग्रामीण लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि भ्रष्टाचार मुद्दा

३० चैत, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीविरूद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मद्दा दायर गरेको छ ।

 

किर्ते (वनावटी) सदस्य बनाई विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा व्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको र पशु कर्जा/धितो कर्जा दिंदा कमिशन खाएको भन्दै अख्तियारले संस्थाका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीमाथि हानी नोक्सानी गरेको अभियोग लगाएको हो ।

 

२०६८/६९ देखि सार्वजनिक पदमा रहँदा उनले १९ लाख २ हजार २३७ रुपैयाँ अपचलन तथा हिनामिना गरेको खख्तियारको दावी छ । साथै अख्तिायरले सोही बराबरको बिगो माग दाबी गरेको हो ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व