७ पुष २०८२, सोमबार
गण्डकी प्रदेस समाचार राजनीति

गण्डकीमा मन्त्रालय फुटाएर २ वटा थपियो

२९ चैत, कास्की । मुख्यमन्त्री खगराज अधिकारीले ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गरेका छन् ।

 

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

 

यसअघि अघिल्लो साल पुस २५ गते मुख्यमन्त्री हुँदा खगराजले नै १२ बाट ७ मन्त्रालय बनाउने निर्णय गरेका थिए ।

 

यसपटक सत्ता संकटमा फेरि ९ मन्त्रालय बनाउने र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीसँग आन्तरिक मन्त्रालय बेग्लै बनाउने निर्णय भएको चुमानले जानकारी दिए ।

 

यो सँगै गण्डकीको मुख्य न्यायाधिक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरिएको छ । हालैको एमाले लमजुङको अध्यक्षमा हार बेहोरेका खगराज गुटका अधिकारीलाई न्यायाधिवक्ता निर्णय गरिएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।