२८ चैत, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिएका छन् । उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
एमाले संसदीय दलका नेता समेत रहेका कँडेल मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका ९ (सभामुख बाहेक) प्रदेश सांसद छन् । सत्ता
गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्र (१३) र एकीकृत समाजवादी (१) ले समर्थन गरेपछि कँडेलले मुख्यमन्त्रीमा मंगलबार दाबी पेश गरेका थिए । कर्णालीमा सरकार गठनका लागि २१ जना सांसदको आवश्यकता पर्छ ।
थप समाचारहरु
अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय
सुहाङले आज सांसद पदको शपथ ग्रहण गर्दै
सत्ता सहकार्य गर्न कांग्रेस–एमालेबीच सहमति : ओली प्रधानमन्त्री बन्दै, कांग्रेसलाई गृहसहित १० मन्त्रालय
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार
सबै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने मन्त्री पौडेलको घोषणा
परराष्ट्रमन्त्री राणा र स्पेनका प्रधानमन्त्रीबीच भेटवार्ता

