२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाज

लागु औषधसहित ३ महिला सिनांमगलको सुकुम्बासी बस्तीबाट पक्राउ

२८ चैत, काठमाडौं । अवैध लागु औषधसहित प्रहरीले तीन महिला र ए पुरुष गरी चार जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा चितवनको भरतपुर महानगरपालिका–६ कि ५१ वर्षीया लक्ष्मी परियार, कैलाकीको धनगढी उपमहानगरपालिका–९ का ३५ वर्षीय इन्द्रबहादुर साउँद, दोलखा घर भएका ३४ वर्षीया सृजना बिक र काठमाडौं महानगरपालिका–९ कि ५१ वर्षीया मीना बस्नेत छन् ।

 

उनीहरुलाई सिनामंगलस्थित सुकुम्बासी टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनीहरुबाट नुरफिन, फेनारगन, डाइजापाम एम्पुलहरु बरामद भएको छ । करिब २ किलो पोल्याण्ड पनि बरामद भएको छ ।

 

४ लाख १६ हजार ३५० नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व