१७ कार्तिक २०८२, सोमबार
अर्थ राजनीति

लगानी भित्र्याउन थप कानुन आवश्यक भए अध्यादेश ल्याउनेछौं : प्रधानमन्त्री प्रचण्ड

२८ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा लगानी भित्र्याउनका लागि थप कानुन आवश्यक भएमा अध्यादेश ल्याउने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नीति निर्माणमा सरकारले सधैं निजी क्षेत्रसँग सहकार्य गर्दै आएको बताए ।

‘निजी क्षेत्रले सरकारसँग काम गर्न गरेको सङ्कल्पको स्वागत गर्छु, समृद्धिका लागि सरकार दृढ छ’ उनले भने ‘मुलुकमा निजी क्षेत्र र सरकारी लगानीको खाँचो छ, लगानी भित्र्याउन स्रोत, सोच, कार्यशैलीमा समेत समस्या छन्, आवश्यक परेमा अध्यादेश ल्याउनेछौं ।’

अर्थतन्त्रका आधारभूत सूचक सकारात्मक बन्दै गए पनि अर्थतन्त्रमा केही समस्या रहेको उनले स्वीकार गरे । ‘यसपटक नीति तथा कार्यक्रममा जनप्रतिनिधि, निजी क्षेत्र र आम जनताका सुझाव समेटिने छन्’ दाहालले भने ‘त्यसका आधारमा बजेट बन्ने छ, परम्परागत सोच र कार्यशैलीबाट जनताका अपेक्षा पूरा गर्न गाह्रो छ, यसपटक यो समस्या समाधानमा लाग्नेछु ।’

यो पटक पूँजीगततर्फ स्रोत बढाइने उनले बताए । पूँजीगत खर्च बढ्दा अर्थतन्त्र सुधारमा सहयोग गर्ने र त्यसले निजी क्षेत्रको मनोबल बढाउन मद्दत पुग्ने उनको भनाइ छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने