७ पुष २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

राप्रपाको प्रदर्शनमा झडप हुँदा १४ जना घाइते,२ जना प्रहरी नियन्त्रणमा

२७ चैत, काठमाडौं । राप्रपाको प्रदर्शनमा प्रहरीसँगको झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

४० बुँदे माग राखेर प्रदर्शन गर्ने पक्रममा प्रहरीसँग झडप हुँदा राप्रपाकाका १४ जना घाइते भएको र दुई जनालाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी दीपक थापाले जानकारी दिए ।

 

उनका अनुसार झडपका क्रममा प्रदर्शनकारीले ढुंगा हान्ने र निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले राप्रपाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको हो । प्रदर्शनकारीमाथि सुरूमा प्रहरीले   पानीको फोहोरा हानेको थियो । तर, प्रदर्शनकारी नरोकिएपछि लाठी चार्ज गरेको छ ।

 

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ । प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरेका छन् । निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।