२७ फाल्गुन २०८२, बुधबार
खेलकुद

इंग्ल्यान्डका ब्याटरको स्थान दिल्लीमा दक्षिण अफ्रिकाका बलरले लिने

२६ चैत ,  एजेन्सी । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लिजाड विलिययम्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ दिल्ली क्यापिटल्सबाट खेल्ने भएका छन् ।

 

दिल्लीले इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुकको स्थानमा उनलाई टोलीमा समेटेको हो । आक्रामक युवा ब्याटर ब्रुकले पारिवारिक कारण आईपीएल नखेल्ने बताएका थिए ।

 

विलियम्सले यस आईपीएल खेले वापत ८० लाख नेपाली रुपैयाँ पाउनेछन् । ३० वर्षीय विलियम्सले दक्षिण अफ्रिकाबाट दुई टेस्ट, चार ओडीआई र ११ टी२० आई खेल खेलेका छन् । टी२० आईमा १६ विकेट लिँदा उत्कृष्ट प्रदर्शन ३–३५ छ ।

 

दिल्लीको टोलीमा दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिच नोर्किया पनि छन् । नोर्कियाले पावर प्ले र मध्यक्रममा राम्रो गर्दा डेथ ओभरमा भने खराब बलिङ गर्दै आएका छन् ।

 

दिल्ली ५ खेलमा १ मा जित र ४ मा हारसहित पुछारमा छ । राजस्थान ४ खेलमा ८ र कोलकाता ३ खेलमा ६ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected