२७ फाल्गुन २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार

दिल्लीलाई हराउँदै मुम्बईको पहिलो जित

२५ चैत्र, काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । २३५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन बनायो ।

दिल्लीका ट्रिस्टन स्टब्सले २५ बलमा ३ चौका र ७ छक्कासहित ७१ रनमा नट आउट रहे । पृथ्वी शाले ४० बलमा ८ चौका र ३ छक्कासहित ६६, डेविड वार्नर १० र अभिषेक पोरेलले ४१ रन बनाए ।

मुम्बईका जेराल्ड कोट्जीले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । जस्प्रित बुमराहले २ र रोमारियो शेफर्डले १ विकेट लिए । त्यसअघि वानखडे स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २३४ रन बनाएको थियो ।

टिम डेविड २१ बलमा २ चौका र ४ छक्कासहित ४५ रनमा नट आउट रहे । रोमारियो शेफर्ड १० बलमा ३ चौका र ४ छक्कासहित ३९ रनमा नट आउट रहे ।

अन्तिम ओभरमा शेफर्डले एनरिच नोर्कियालाई ३२ रन हान्नु खेलको टर्निङ प्वाइन्ट बनेको थियो । रोहित शर्मा ४९, ईशान किशन ४२ र हार्दिक पान्ड्या ३९ रनमा आउट भए ।
दिल्लीका अक्षर पटेल र एनरिच नोर्कियाले २–२ विकेट लिए । खलिल अहमदले १ विकेट लिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected