१४ कार्तिक २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

नेपालले आज भारतमा गुजरातसँग फाइनल खेल्दै

२५ चैत, काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो सवा एक बजे सुरु हुनेछ ।

सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो । उता गुजरातले बरोडालाई ५ विकेट र ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

नेपाल ४ खेलमा ३ मा जित १ मा हारसहित शीर्षस्थानमा रहेको थियो । गुजरात ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको थियो । बरोडा ४ खेलमा ३ मा हार १ मा जितसहित पुछारमा रहेको थियो ।

पछिल्लो खेलमा बरोडाविरुद्द कप्तान रोहित पौडेल, आसिफ शेख, अभिनाश बोहरा र सोमपाल कामीलाई नेपालले विश्राम दिएको थियो । यी चार खेलाडी फाइनलमा फर्किंदा आकाश चन्द, ललित राजवंशी, विवेक यादव र प्रतिश जिसि बाहिर बाहिर हुने सम्भावना छ ।

कुशल भुर्तेल,दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ ।

अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी-२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ । नेपाल त्यसैको तयारीका लागि भारत भ्रमणमा छ । नेपाल फाइनल सकेर उतैबाट ओमान जानेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected