२२ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

बझाङको प्रदेशसभा उपनिर्वाचनमा १२ जनाको उम्मेदवारी दर्ता

२४ चैत, काठमाडौं । बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जसमा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी, नेकपा एकीकृत समाजवादीका जनकबहादुर बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्का रहेका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह, जनता समाजवादी पार्टीका रामबहादुर जाग्री, जनमत पार्टीकी सुशीलादेवी विष्ट, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, नेशनल रिपब्लिक पार्टीका कमल घर्तीमगर, नेपाली जनता दलका अशोक सुनार र राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

४ मंसिर २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । तर उनको गत ५ असारमा गाडी दुर्घटनामा निधन भएपछि यो क्षेत्र जनप्रतिनिधिविहीन भएको थियो । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका अभिषेक उनै दिवंगत नेता पृथ्वी सिंहका छोरा हुन् ।

४ मंसिर २०७९ को चुनावमा यो क्षेत्रमा कांग्रेसलाई नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन थियो । तर अहिले यी दुबै दलले आआफ्ना उम्मेदवार खडा गरेका छन् ।

एमाले-माओवादीको नयाँ सत्ता समीकरण बने पनि एमाले उम्मेदवार भण्डारीलाई यहाँ अरु दलले समर्थन गरेका छैनन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।