२२ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री आन्तरिक परामर्शमा

२२ चैत, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । तर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवादका कारण मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना कम छ ।

सोही कारण मुख्यमन्त्री शाह प्रदेश सभामा विश्वासको मत लिने वा सभालाई सम्बोधन गरेर राजीनामा घाेषणा गर्ने विषयमा आन्तरिक परामर्शमा जुटेका छन् ।

शाहले साेही विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् । धनगढीस्थित मुख्यमन्त्री निवासमा बस्ने बैठकमा शाहले अहिलेसम्मको अवस्थाका बारेमा ब्रिफिङ गर्दै प्रदेश सभा सदस्यसँग सुझाव लिनेछन् ।

नागरिक उन्मुक्ति पार्टीको विवादले गर्दा विश्वासको मत पाउने सम्भावना नरहेका भन्दै मुख्यमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने आवाज कांग्रेसभित्र उठेको छ ।

“उहाँ(मुख्यमन्त्री) ज्यूले अहिलेसम्म गरेका सबै प्रयास अन्तिममा आएर विफल हुने देखियो । यस्तो अवस्थामा विश्वासको मत लिनुभन्दा राजीनामा दिनु उचित हुन्छ भन्ने हाम्रो भनाइ हो,” एक प्रदेश सभा सदस्यले भने।

मुख्यमन्त्री शाहले प्रदेश सभामा सम्बोधन गर्दै राजीना दिएमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्नसक्ने सांसदहरू बताउँछन् तर एकथरीले भने यसअघि एमालेका राजेन्द्र रावल उक्त धाराअनुसार मुख्यमन्त्री नियुक्त भइसकेको कारण उपधारा (५) अनुसार सरकार गठनका लागि आह्वान गर्नुपर्ने तर्क गरिरहेका छन् ।

अहिलेकै परस्थितिमा उपधारा (५) मा जादा प्रदेश सभा विघटनतर्फ जाने जाेखिम भएकाले उपधारा(२) अनुसार नै सरकार गठन गर्नुपर्नेमा सबै राजनीतिक दल एकमत जस्तै देखिन्छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।