२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार

गुजरातलाई हराउँदै नेपाल फाइनलमा

२१ चैत, काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी२० कपमा गुजरातलाई ८ रनले हराउँदै फाइनलमा पुगेको छ । १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनायो ।

गुजरातका कप्तान उमागं पटेलले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए । अभिषेक देशाई २०, स्मित पटेल १९ र प्रियस पटेलले १७ रन बनाए । हर्ष देशाईले १६ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे ।

नेपालका सोमपाल कामीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिए । विवेक यादवले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । ओपनर आसिफ शेखले ५१ बलमा १० चौका र ५ छक्कासहित सर्वाधिक ८५ रनको इनिङ खेलेका थिए । कुशल भुर्तेल ४४ बलमा ९ चौका र २ छक्कासहित ६७ रनमा आउट भए ।

आसिफ र कुशलले १३।३ ओभरमा १२५ रनको शतकीय साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछि ठूलो सटको चक्करमा लगातार विकेट गुमाएपछि नेपालले लगातार विकेट गुमाउँदा २ सय माथिको योगफलमा पुग्न सकेन ।

रोहित पौडेल ३, सन्दीप जोरा २, गुलशन झा ४, अनिल शाह शून्य र कुशल मल्ल १ रनमा आउट भए । प्रतिश जि।सी ४ र विवेक यादवले ७ रनमा नट आउट रहे ।

गुजरातका जयमीत पटेलले ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । आर्यन देशाई र धरुशान्त सोनीले २–२ विकेट लिए । नेपालले शुक्रबार बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ । नेपालले बरोडा र गुजरात मध्य एकसँग फाइनल खेल्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected