१९ चैत्र २०८२, बिहीबार
खेलकुद समाचार समाज

बरोडाविरुद्ध नेपालको कमजोर ब्याटिङ

२० चैत, काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी२० कपमा बरोडासँग कमजोर ब्याटिङ प्रदर्शन गरेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १३ ओभरमा ५ विकेट गुमाउँदै ८२ रन बनाएको छ । नेपालका सन्दीप जोरा ३ र कुशल मल्ल क्रिजमा छन् ।

अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । उनी परिक्षित पाटिदारको बलमा टप एज लागेर आउट भएका थिए ।

कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ रनमा रन आउट हुन पुगे । गुलशन झा १४ बलमा १ चौकासहित १३ रनमा आउट भए ।

त्यसअघि नेपालले ओपनर आसिफ शेख र कुशल भुर्तेललाई ९-९ रनमा गुमाएको थियो । दुबै ओपनर तीव्र गतिका बलर बाबा खानको बलमा क्याच आउट भएका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected