२० माघ २०८२, मंगलवार
अनौठो संसार

मुखबाट ६ मिनेटसम्म लगातार पानी फ्याँकेर विश्व कीर्तिमान (भिडियो)

काठमाडौं । चीनका एकजना ३५ वर्षीय युवाले लगातार ६ मिनेटसम्म मुखबाट पानीको धारा बगाएर विश्व कीर्तिमान कायम गरेका छन् । योसँगै मा हुइ नामका ती पुरुषले सबैभन्दा लामो समयसम्म मुखबाट पानी बगाएर गिनिज बुकमा नाम लेखाएका हुन् ।

मा हुँइले यतिधेरै लामो समयसम्म मुखबाट पानीको धारा बगाए कि उनको त्यो समय यसअघिको रेकर्ड भन्दा करिब ६ गुणा लामो हो ।

यसअघि यो विधामा इथियोपियाका किरुबेल यिल्माको नाममा विश्व कीर्तिमान थियो र उनले ५६.३६ सेकेण्डसम्म मुखबाट पानी फ्याँकेर विश्व कीर्तिमान कायम गरेका थिए । जबकि मा हुइले ५ मिनेट ५१.८८ सेकेण्डसम्म मुखबाट पानीको धारा फ्याँके ।

यस्तो कीर्तिमान कायम गर्नका लागि मा ले साढे ४ लिटर पानी पिएका थिए । त्यसरी पिएको पानीलाई उनले बिस्तारै उघ्राउँदै मुखबाट बाहिर फ्याँके र त्यसमा मांशपेशीको अब्बल नियन्त्रण सावित गरे।

हेर्नुहोस् भिडियो :

थप समाचारहरु

अनौठो संसार

मोबाइल फोनको बिल महिनामै २ करोड ६५ लाख आएपछि

काठमाडौं । कहिलेकाहीँ घरमा फोन तथा बिजुलीको बिल केही मात्र पनि धेरै आयो हामी सतर्क हुन्छौँ र  अर्को महिनादेखि खपतमा
अनौठो संसार

भिरमा अड्किएको चिया पसल जहाँ चिया पिउन डोरीमा झुण्डिएर जानुपर्छ

चीनको एउटा चियापसल आफ्नो अनौठो अवस्थितिका कारण सोसल मिडियामा भाइरल बनेको छ । पहाडको चट्टानी भिरमा ३ सय ९३ फिट