१५ बैशाख २०८१, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

आयरल्यान्ड ए ले नेपाल ए लाई दियो २ सय २३ रनको विशाल लक्ष्य

१६ चैत, काठमाडौं – आयरल्यान्ड ए ले पहिलो टी२० खेलमा घरेलु टोली नेपाललाई २२३ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनायो ।
आयरल्यान्डका पिटर मुरले ३२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाए । ओपनर रस आदिर दोस्रो बलमै फस्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएका थिए ।
चोटका कारण दुई वर्षपपछि फर्किएका कमलसिंह ऐरीको बलमा रस आदिर क्याच हुन पुगेका थिए । त्यसपछि दोस्रो विकेटका लागि पिटर मुर र केड कर्माइकले ८८ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।
केड २९ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा सागर ढकालको बलमा एलबीडब्लू आउट भए । स्टेफन डोहेनी १६ बलमा ४ चौका र २ छक्कासहित ३४ रनमा आउट भए ।
निल रक २३ बलमा १ चौका र ३ छक्कासहित ३८ तथा ग्यारेथ डेलानी १४ बलमा २ चौका र ३ छक्कासहित ३० रन बनाए । गेभिन होईले ६ बलमा २ छक्कासहित १८ रन जोडे ।
नेपालका कमलसिंह ऐरीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख र सागर ढकालले १(१ विकेट लिए ।

Visited 2 times, 1 visit(s) today

प्रतिक्रिया दिनुहोस्