२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपाल ए ले आज आयरल्यान्ड ए सँग खेल्दै, आज पनि वर्षाको सम्भावना

१६ चैत, काठमाडौं । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ ।

विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो । त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो ।

नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी–२० खेल शुक्रबार, शनिबार र सोमबार हुनेछ । त्यस्तै तीन एकदिवसीय खेल चैत २१ (बुधबार), चैत २३ (शुक्रबार) र चैत २५ (आइतबार) हुनेछ ।

आज पनि वर्षाको सम्भावना

शुक्रबार बिहानैदेखि काठमाडौंमा कालो बादल लागेको छ । दुबै टोलीलाई वर्षाको डर छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका आज दिउँसो पनि काठमाडौंमा पानी पर्ने सम्भावना छ । मौसमविद गंगा नगरकोटीले कीर्तिपुरसहित काठमाडौं उपत्यकाभर मध्याह्न १२ बजेपछि पानी पर्ने सम्भावना रहेको जानकारी दिइन् ।

‘काठमाडौंभरी नै आज पनि पानी पर्ने सम्भावना छ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘आज दिउँसो १२ बजेपछि साँझसम्मै एकछिन पानी पर्ने, एकछिन रोकिने र फेरि पानी पर्ने पूर्वानुमान छ ।’

मौसमविदले शनिबारसम्मै बदली र वर्षाको सम्भावना औंल्याएका छन् ।

प्रदर्शन देखाउने अवसर

आयरल्यान्ड ए नेपालको सिनियर टोलीसँग दुबै खेलमा पराजित भएको थियो । सिनियर टोली भने विहीबार नै फ्रेन्डसिप कप खेल्न भारत लागेको थियो । बरोडा, नेपाल र गुजरातबीच त्रिकोणात्मक सिरिज हुनेछ ।

नेपालको कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन् । एसीसी प्रिमियर कप र टी–२० विश्वकप अघि युवा खेलाडीलाई ए टोलीमा शानदार प्रदर्शन गर्दै सिनियर टोलीको ढोका खोल्ने अवसर हुनसक्छ । सिनियर टोलीमा मौका नपाएका सबै खेलाडीलाई आफ्नो प्रदर्शन देखाउने राम्रो अवसर हो ।

नेपाल ए को टी–२० टोलीमा सिनियर टोलीबाट खेलेका विनोद, लोकेश बम, देव खनाल, पवन सर्राफ, आरिफ शेख, बसिर अहमद लगायतका खेलाडी छन् ।

चोटका कारण २०२२ पछि टोलीमा फर्किएका तीव्र गतिका बलर कमलसिंह ऐरीका लागि निकै महत्वपूर्ण हुनेछ । घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडेका दुई युवा हिटर अर्जुन घर्ती र नारायण जोशी पनि छनोटकर्ताको नजरमा हुनेछन् । उता आयरल्यान्डका ग्यारेथ डेलानी, रस आदिर र स्टेफन डोहेनी प्रमुख हतियार हुन् ।

दोस्रो टी–२० खेल चैत १६ र तेस्रो चैत १८ मा हुनेछ ।

नेपालको टी–२० टोली

विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री ।

आयरल्यान्ड ए को टोली

निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन ह्वाइट ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected