२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित

१४ चैत, काठमाडौं । साविक विजेता तथा पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले सानदार ब्याटिङ प्रदर्शनका साथ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लगातार दोस्रो जित हात पारेको छ । घरेलु टोली चेन्नईले मंगलबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई ६३ रनले हरायो ।

२०६ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनायो । गुजरातका साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए । ओपनर ऋद्धिमान शाह २१, शुभमन गिल ८, विजयशंकर १२ र डेविड मिलर २१ रनमा आउट भए ।

चेन्नईका दीपक चाहर, मुश्ताफिजुर रहमान र तुषार देशपाण्डेले दुई/दुई विकेट लिए । डर्याल मिचेल र मथिसा पाथिरानाले एक/एक विकेट लिए ।

त्यसअघि चेपौकमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो । चेन्नईका शिवम दुबेले २३ बलमा २ चौका र ५ छक्कासहित ५१ रन बनाए । रचिन रविन्द्र २० बलमा ६ चौका र ३ छक्कासहित ४६ रनको आक्रामक सुरुवात दिलाएका थिए ।

ऋतुराज गायकवाड ४६, अजिंक्या रहाणे १२, डर्याल मिचेल २४ र समिर रिज्वीले १४ रन जोडे । गुजरातका राशिद खानले २, साई किशोर, स्पेन्सर जोनसन र मोहित शर्माले १–१ विकेट लिए ।

आईपीएलमा आज राति सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected