३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाज

गोवामा छोरी हराएको भन्दै खोजी गर्न धनगढीका मेयरले मागे सहयोग

१३ चैत, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भारतमा रहेकी आफ्नी छोरी सम्पर्कविहीन भएको भन्दै खोजीका लागि सहयोग मागेका छन् ।

मेयर हमालले आफ्नी जेठी छोरी आरती सोमबारदेखि भारतको गोवास्थित जोरबा वाइब आश्विन ब्रिजबाट सम्पर्कविहीन भएकी फेसबुकमा उल्लेख गरेका छन् ।

‘मेरी जेठी छोरी आरती ओशो साधक हुन्, उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । हिजोदेखि जोरबा वाइब आश्विन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु’, मंगलबार मेयर हमालले लेखेका छन् ।

उनले आफ्नी कान्छी छोरी र ज्वाइँ खोजीका लागि गोवा पुगिसकेको पनि उल्लेख गरेका छन् ।

मेयर हमालले छोरीको खोजी गरिदिन प्रहरी कार्यालयमा भने सूचना दिएका छैनन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले अहिलेसम्म कुनै जानकारी नआएको बताए ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व