१८ कार्तिक २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

यी हुन् आईपीएल जितेका टोलीहरू

५ चैत, काठमाडौं । चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) का सर्वाधिक सफल टोली हुन् । यी दुई टोलीले समान पाँच ट्रफी जितेका छन् । चेन्नाईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा उपाधि जितेको थियो ।

मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा रोहित शर्माको कप्तानीमा उपाधि जितेको थियो । चेन्नाई फाइनलमा पाँच र मुम्बई एक पटक पराजित भएका थिए । चेन्नाईले हारेका पाँचमध्ये तीन फाइनल मुम्बइसँग थियो । बाँकी दुई कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्ससँग थियो ।

कोलकाताले दुई, सनराइजर्स हैदरावाद, गुजरात टाइटन्स, राजस्थान र डेक्कन चाजर्सले १-१ आईपीएल ट्रफी जितेका छन् ।

रोयल च्यालेन्जर्स बेंगलोर, पन्जाब किंग्स र दिल्ली क्यापिटल्सले सुरुआतदेखि नै आईपीएल खेले पनि उपाधि जित्न सकेका छैनन् । सन् २०२२ देखि आईपीएल खेलेको नयाँ टोली लखनउ सुपर जायन्ट पनि उपाधि जितेको छैन ।

बेंगलोर फाइनलमा तीन, पन्जाब र दिल्ली एक/एक पटक पराजित भएका थिए ।

२००८ देखि सुरु भएको आईपीएलका हालसम्मका विजेता, उपविजेता टोली र फाइनल नतिजा यस प्रकार छ :

पहिलो संस्करण २००८ : राजस्थान रोयल्य च्याम्पियन, चेन्नाई ३ विकेटले पराजित ।

दोस्रो संस्करण २००९ : डेक्कन चाजर्स च्याम्पियन, बेंगलोर ६ रनले पराजित ।

तेस्रो संस्करण २०१० : चेन्नाई च्याम्पियन, मुम्बइ २२ रनले पराजित ।

चौथो संस्करण २०११ : चेन्नाई च्याम्पियन, बेंगलोर ५८ रनले पराजित ।

पाँचौं संस्करण २०१२ : कोलकाता च्याम्पियन, चेन्नाई ५ विकेटले पराजित ।

छैटौं संस्करण २०१३ : मुम्बई च्याम्पियन, चेन्नाई २३ रनले पराजित ।

सातौं संस्करण २०१४ : कोलकाता च्याम्पियन, पन्जाब ३ विकेटले पराजित ।

आठौं संस्करण २०१५ : मुम्बइ च्याम्पियन, चेन्नाई ४१ रनले पराजित ।

नवौं संस्करण २०१६ : हैदराबाद च्याम्पियन, बेंगलोर ८ रनले पराजित ।

दशौं संस्करण २०१७ : मुम्बइ च्याम्पियन, राइजिङ पुणे सुपर जायन्ट्स १ रनले पराजित ।

११औं संस्करण २०१८ : चेन्नाई च्याम्पियन, हैदरावाद ८ विकेटले पराजित ।

१२औं संस्करण २०१९ : मुम्बइ च्याम्पियन, चेन्नाई १ रनले पराजित ।

१३औं संस्करण २०२० : मुम्बइ च्याम्पियन, दिल्ली ५ विकेटले पराजित ।

१४औं संस्करण २०२१ : चेन्नाई च्याम्पियन, कोलकाता २७ रनले पराजित ।

१५औं संस्करण २०२२ : गुजरात टाइटन्स च्याम्पियन, राजस्थान रोयल्स ७ विकेटले पराजित ।

१६औं संस्करण २०२३ : चेन्नाई च्याम्पियन, फाइनलमा गुजरात ५ विकेटले पराजित ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected