२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाज

सहकारी ठगीमा अनुसन्धान गर्न पूर्वउपराष्ट्रपतिका छोरा दिपेशलाई रुपन्देही लगियो

३ चैत, काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही लगिएको छ ।

रुपन्देहीमा उनीविरुद्ध सहकारी ठगीसम्बन्धी उजुरी परेकाले अनुसन्धानका लागि शुक्रबार राति नै रुपन्देही लगिएको प्रहरी स्रोतले जनाएको छ ।

रुपन्देहीको सुप्रिम सहकारीले सर्वसाधारणको ९६ करोड रुपैयाँ बचत फिर्ता गर्न सकेको छैन । बचत फिर्ता नपाएका पीडितले दिपेशविरुद्ध पनि उजुरी दिएका थिए र उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले पनि पुनलाई कारबाही गर्न सिफारिस गरेको थियो । तर अहिले भने उनलाई सहकारी ठगीमा अनुसन्धानका लागि रुपन्देही लगिएको प्रहरी स्रोतले जनाएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व