२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदलको बैठक बस्दै

१ चैत, काठमाडौं। सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन नयाँ गठबन्धनको संयुक्त कार्यदलको बैठक बिहीबार बस्ने भएको छ ।

कार्यदलको बैठक बिहीबार अपराह्न ४ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बस्न लागेको जनता समाजवादी पार्टी (जसपा) का कार्यकायरी सदस्य मनिष सुमनले जानकारी दिए ।

नयाँ गठबन्धनको कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।