२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

मधेशमा कांग्रेसका मन्त्रीलाई राजीनामा गराउने मुख्यमन्त्रीको तयारी

३० फागुन, जनकपुरधाम । बुधबार काठमाडौंबाट फर्केका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका मन्त्रीलाई राजीनामा गराउने तयारी गरेका छन् ।

बिहीबार एमालेसँग सरकारमा सहभागिताबारे छलफल गर्ने र नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी आएपछि मन्त्रिपरिषद पुनर्गठन गर्ने उनले बताए ।

‘भोलि एमालेसित छलफल गर्छु । नवनियुक्त प्रदेश प्रमुख आउनुभएको छैन, आएलगत्तै सरकार पुनर्गठन गर्छौं’ मुख्यमन्त्री यादवले भने ।

मुख्यमन्त्री यादवले कांग्रेस मन्त्रीलाई बर्खास्त नगरी आफैं राजीनामा दिन लगाउने तयारी गरेका छन् । स्रोतका अनुसार केन्द्रमा सत्ता गठबन्धनमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई भने मधेश सरकारमा यथावत राख्ने मुख्यमन्त्री यादवको तयारी छ ।

१४ सदस्यीय मन्त्रिपरिषदमा जसपाका मुख्यमन्त्री बाहेक तीन मन्त्री र एक राज्यमन्त्री छन् । कांग्रेसका तीन, माओवादी केन्द्रका एक मन्त्री र एक राज्य मन्त्री, लोसपा र नेकपा एकीकृत समाजवादीको एक–एक मन्त्री छन् ।

९ माघमा जनमतले छाडेको दुई मन्त्रालय पनि मुख्यमन्त्री यादवसँगै छ ।

अब एमालेलाई कांग्रेसको भागमा रहेको तीन मन्त्रालय दिने र जनमतले छाडेको दुईमध्ये एक मन्त्रालय माओवादी केन्द्रलाई थप्ने मुख्यमन्त्रीको तयारी रहेको उनीनिकट स्रोतको दाबी छ ।

१०७ सदस्य मधेश प्रदेशसभामा सबभन्दा ठूलो दल रहेको एमाले सभामुखसहित २४, जसपाका १९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीको ७ सिट छ । सरकारको बहुमतका लागि ५४ आवश्यक पर्छ । तर सत्ता गठबन्धन दलसँग आवश्यक बहुमत छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।