२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालबीच भेटवार्ता

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न उपाध्यक्ष अर्याल बुधबार बिहान प्रधानमन्त्री निवास वालुवाटार पुगेकी थिइन् ।

भेटमा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र उपाध्यक्षको राजीनामाको विषयमा कुराकानी भएको छ । प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरणमा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष फरक-फरक दलबाट बनाउने सहमति भएको बताएका छन् । त्यसअनुसार माओवादी केन्द्रका तर्फबाट तय भएका उम्मेदवार नारायणप्रसाद दाहाल अध्यक्षमा निर्वाचित भइसकेका छन् । हाल माओवादी केन्द्रबाट राष्ट्रिय सभा उपाध्यक्ष रहेकी अर्यालले राजीनामा दिनेछिन् ।

उपाध्यक्ष अरु दललाई दिने तयारी छ । तर, कुन दललाई दिने भन्ने निर्णय सार्वजनिक भइसकेको छैन ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।