२९ माघ २०८२, बिहीबार
खेलकुद

चैत ३ गतेदेखि प्रथम जीतपुरसिमरा क्रिकेट कप आयोजना हुने

२८ फागुन, औराहा । जीतपुरसिमरा उपमहानगरपालिकामा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य सहित प्रथम जीतपुरसिमरा क्रिकेट कप आयोजना हुने भएको छ ।

उपमहानगरपालिकाको विशेष सहयोगमा अभियान नेपालको आयोजनामा ३ चैतदेखि १० चैत सम्म औराहाको सेज क्रिकेट ग्राउण्डमा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो ।

आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट ब्याट्समैन, उत्कृष्ट बवलर र उत्कृष्ट खेलाडीले जनही १० हजार नगद प्राप्त गर्नेछन् ।

उपमहानगर भित्र विभिन्न स्थानमा प्रतियोगिता सम्पन्न भए पनि जीतपुरसिमराबाट राष्ट्रिय स्तरमा र स्थानीय खेलाडी उत्पादन गर्ने हेतुले जितपुर सिमरा उपमहानगरलाई लक्षित गरि प्रथम जीतपुर सिमरा क्रिकेट कप आयोजना हुन लागेको हो ।

प्रथम जीतपुरसिमरा उपमहानगरपालिका क्रिकेट कपमा ६ वटा टिमको सहभागिता रहने प्रतियोगिताको संयोजक सोमलामा बोम्जनले पत्रकार सम्मेलनमा जानकारी दिए । बारा जिल्लामै सबै भन्दा बढी पुरस्कार राशिको प्रतियोगिता जीतपुरसिमरामा गराउनको लागि उपमहानगरको सहयोगमा मात्र हुन् लागेको बोम्जनले बताए । प्रतियोगितामा जिल्ला क्रिकेट संघ मकवानपुर, जिल्ला क्रिकेट संघ पर्सा, जिल्ला क्रिकेट संघ बारा र आयोजक जीतपुर सिमरा क्रिकेट क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको अनुमानित लागत करिब २४ लाख रहेको आयोजकले जनाएको छ । प्रतियोगिता संचालनको लागि आयोजकले धमाधाम रूपमा तयारी गरिरहेको प्रतियोगिताको संयोजक सोमलामा बोमजनले जानकारी दिए । प्रथम जीतपुरसिमरा क्रिकेट कपमा उपमहानगरले १५ लाख आर्थिक सहयोग गर्ने भएको छ ।

कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले खेलकुद क्षेत्रको संरक्षण गर्ने दायित्वअनुसार प्रथम जीतपुरसिमरा क्रिकेट कपको आयोजनाले राष्ट्रिय दक्ष खेलाडी उत्पादनमा टेवा पुर्‍याउने भएका कारण आफू र उपमहानगर सधैं खेल र खेलाडीको साथमा रहने बताए । उक्त पत्रकार सम्मेलनमा नेकपा एमाले मधेश प्रदेशका सचिव मनोज पौडेल, समाजसेवी रबिन्द्र खकुरेल, अभियान नेपाल संस्थाको अध्यक्ष लक्ष्मी तिमल्सिना, युवा नेता त्रिलोक बिक्रम साह ठकुरी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected