२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

नागरिक उन्मुक्ति नयाँ गठबन्धनप्रति सकारात्मक

२१ फागुन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशका सांसदको बैठक बोलाएको छ । नयाँ राजनीतिक परिस्थितिबारे निर्णय लिन नागरिक उन्मुक्तिले सांसदहरुको बैठक बोलाएको हो ।

संघ र प्रदेशका सांसदको बैठक बसेर गठबन्धनमा जाने नजाने निर्णय लिने पार्टीका अध्यक्ष रेशम चौधरीले जानकारी गराए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर फर्कने क्रममा चौधरीले भने, ‘त्यो बैठकले निर्णय गर्छ । सत्ता गठबन्धनमा जोडिन सकारात्मक छौं ।’

अबको गठबन्धनमा सहभागी हुँदा पार्टीले उठाउँदै आएका मुद्दा सम्बोधन हुने चौधरीले विश्वास व्यक्त गरे । संघमा ४ र प्रदेश १२ जना नागरिक उन्मुक्तिका सांसद छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।