८ पुष २०८२, मंगलवार
अर्थ मुख्‍य समाचार

आइ स्मार्टको क्यूआरबाट पनि अब क्रस बोर्डर व्यवसायिक भुक्तानी लिन सकिने

१९ फागुन, काठमाडौं । सहकारीहरुको लागि मोबाईल बैंकिङ सफ्टवेयर प्रदान गर्दै आएको देवन सफ्ट प्रा लि (आई स्मार्ट) ले फोनपे नेटवर्कसँगको सहकार्यमा क्रस बोर्डर व्यवसायिक भुक्तानी सेवा सुरु गरेको छ । सहकारी क्यूआर मर्चेन्ट व्यापारीहरूको सहजताको लागि फोनपेको सहकार्यमा क्रस बोर्डर भुक्तानी नेपालमा पनि सुरु भएको छ!

यस सेवा अन्तर्गत पहिलो चरणमा सहकारी क्यूआर भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोबार गर्दा भारतीय एपमार्फत भुक्तानी गर्न सकिने छ । भारतका हाम्रा मित्रवत् छिमेकीहरूले आफ्नो नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया नेटवर्क मार्फत सीधै फोनपे क्यूआरमा भुक्तानी गर्न सक्षम हुनेछन्। फोनपे क्यूआर मर्चेन्ट नेटवर्कमा दर्ता भएका सहकारी क्यूआर मर्चेन्ट व्यापारीहरूमा पनि यो पहुँच अब सम्भव हुनेछ।

हाललाई यस्तो सेवा भारतीय एप भिम र फोनपे एपमार्फत सहकारी फोनपे क्यूआरमार्फत गर्न सकिने भए पनि भविष्यमा सहकारी आई स्मार्ट मोबाइल बैंकिङ्ग एपमार्फत भारतमा समेत कारेबार गर्न मिल्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

सहकारीलाई डिजिटल प्रबिधिमा जोड्ने आई स्मार्ट एप मार्फत सदस्यहरूले सहकारीको मोवाईल बैंकिङ सेवा प्रयोग गरी खाताको जानकारी, स्टेटमेन्ट, मोवाईल रिचार्ज, पानी, विजुली, डिस होम, ईन्टरनेट, हवाई टिकट, बस टिकट, सहकारीबाट बैंकमा रियल टाईम बैक ट्रान्सफर, फोन पे क्यु आर स्क्यान, बिभिन्न वालेटहरुमा लोड, बैकबाट सहकारी खातामा रकम ट्रान्सफर, कनेक्ट आईपिएस लगायत अन्य थुप्रै डिजिटल सेवाहरु १५० भन्दा बढी सहकारीहरुलाई प्रदान गर्दै आइरहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने