२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

फेरि अभागी नेपाल, पेनाल्टीसुटआउटमा जोर्डनसँग पराजित हुँदै उपविजेता

१८ फागुन, काठमाडौं । नेपालले राष्ट्रिय महिला फुटबल टिम वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग पराजित भएको छ । साउदी अरेबियामा भएको आठौं संस्करणको वाफ च्याम्पियनसिप फाइनलमा जोर्डनसँग पेनाल्टीसुटआउटमा ५-३ ले पराजित भएपछि नेपाल उपविजेतामै समेटियो ।

जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा भएको फाइनल खेल निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो ।

पेनाल्टीसुटआउटमा जोर्डनले प्रहार गरेका पाँचै पेनाल्टी गोल भयो । नेपालका लागि गीता राना, दीपा शाही र हिरा कुमारी भुजेलले गोल गर्दा अमृता जैशी चुकिन् । अमृताको पेनाल्टी जोर्डनी किपरले बचाए । जोर्डनले छैटौं पटक वाफ च्याम्पियनसिप उपाधि जितेको हो ।

खेलपछि नेपाली टोलीकी सदस्य दीपा शाहीले निर्धारित समयमा राम्रो खेलपनि पेनाल्टीमा पुगेर पराजित हुनुपरेको भन्दै भावुक बनेकी थिइन् । उनले सावित्रा भण्डारीलाई मिस गरेको बताइन् । ‘हामीले ९० मिनेटमा फाइट गर्‍यौँ राम्रो गर्‍यौँ । तर खेल पेनाल्टीमा गयो । हामीले साम्बा दिदीलाई मिस गर्‍यौँ । पेनाल्टी खेलको पार्ट हो र हामी पराजित भयौँ । सबै समर्थकलाई धन्यवाद ।’

नेपाली टिमका नियमित सदस्य तथा मुख्य गोलकर्ता सावित्रा भण्डारी क्लब ड्युटीका लागि फ्रान्स गएपछि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरेका थिए । सावित्रासँगै अनिता बस्नेत र अनिता केसीको स्थानमा रश्मि कुमारी घिसिङ, दीपा शाही र सविता राना मगर पहिलो रोजाईँमा खेलेका थिए ।

प्रतियोगिताकै सर्वाधिक ९ गोल गरेकी सावित्रा नहुँदा नेपाली टिममा पनि त्यसको असर देखियो ।

केही समयअघि मात्रै फ्रेन्च क्लब इए गुइगाम्पमा अनुबन्ध हादै फ्रान्सको लिग खेल्ने पहिलो नेपाली फुटबलकरो इतिहास बनाएकी सावित्राले नेपाललाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनले समूह चरणमा इराक विरुद्ध ह्याट्रिक सहित ५ गोल गरेकी थिइन् । सेमिफाइनलसम्म ४ खेल खेलेकी सावित्राले ९ गोल गरिसकेकी छन् र उनी सर्वाधिक गोलकर्तामा शीर्षमा छन् ।

सावित्रा नहुँदा नेपाली टोलीको कम्बिनेसन कस्तो होला? कसरी खेल्ला, उनको स्थान कसले लेला भनेर धेरै कौतुहलता थियो । तर सावित्रा नहुँदा टिममा पहिलो रोजाईँमा अवसर पाएका अन्य खेलाडीले राम्रो प्रदर्शन गरेका थिए ।

नेपालले सुरुमा अग्रता लिएको र पछि पर्दा पनि अन्तिम सममया गोल गर्दै खेललाई पेनाल्टीसुटआउटसम्म पुर्‍याएको थियो । पेनाल्टीमा भने नेपाल भाग्यमानी बन्न सकेन र फेरि फाइनलमा पराजित भयो ।

पहिलो रोजाईँमा खेलेकी सविताले आफूलाई प्रमाणित गर्दै २९औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले दिएको क्रस जोर्डनी खेलाडीले रोक्ने प्रयास गरेपनि सफल नहुँदा बक्स बाहिर सविता बल पाइन् र त्यसमा उनले सिधा प्रहार गर्दा जोर्डनी खेलाडीलाई लाग्दै गोलमा परिणत भयो ।

७३औं मिनेटमा लाना फेरासले जोर्डनको लागि बराबरी गोल गरिन् । ७५औं मिनेटमा जोर्डनले अर्को गोल गरेपनि सहायक रेफ्रीले अफसाइड झण्डा उठाएपछि नेपालको संकट टरेको थियो ।

८९औं मिनेटमा साराह अबु शाबाहले गोल गरेपछि जोर्डनले २-१ को अग्रता लियो । र जोर्डन जित नजिक पगेको थियो । तर इन्जुरी टाइमको पहिलो मिनेटमा जोर्डनी खेलाडीले बक्समा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पायो । त्यसमा गीता रानाले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याइन् ।

९० मिनेटपछि खेल सिधै पेनाल्टीसुटआउटमा गएको थियो । निर्धारित समयमा कडा फाइट गरेपनि पेनाल्टीसुटआउटमा नेपालले पराजित भयो ।

नेपालल महिला फुटबलमा फाइनलमा पराजित भएको यो ११औं पटक हो ।

यसअघि नेपालले विभिन्न प्रतियोगितामा गरी १० पटक फाइनल पुगेपनि सधैँ उपविजेतामै सिमित भएको थियो । जसमा नेपाल साफ महिला च्याम्पियनसिपमा ५ पटक फाइनल खेल्दा पाँचै पटक उपविजेता बनेको थियो । यस्तै दक्षिण एसियाली खेलकुद (साग)मा तीन पटक फाइनल पुग्दा पराजित भयो । यस बाहेक सन् २०१९ मा भारतमा भएको वुमन्स गोल्डकप कप र कीर्गिस्तानमा भएको नादेज्दा कपमा पनि फाइनल पुग्दै उपविजेताममै समेटिएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected