२९ माघ २०८२, बिहीबार
खेलकुद

तेश्रो भक्तपुर कप फुटबल प्रतियोगीता फागुन १८ गतेदेखि हुने

१५ फागुन, भक्तपुर । भक्तपुर युवा टिम गोल्मढी भक्तपुर नगरपालिका वडा नं ७ को आयोजनामा हुने तेश्रो भक्तपुर कप फुटबलको टाइसिट मंगलबार सार्वजनिक गरिएको छ । फागुन १८ गतेदेखि २६ गतेसम्म भक्तपुरमा हुने प्रतियोगिताको लागि गोलाप्रथाको आधारमा टाइसिट सार्वजनिक गरिएको हो ।

सार्वजनिक टाइसिट अनुसार उदघाटन खेल आयोजक भक्तपुर युवा टिम गोल्मढी भक्तपुर र दीर्घायू एफसी काभ्रेवीच हुने छ । दोश्रो खेल भने भक्तपुर फुटबल क्लव भक्तपुर र स्पोर्टस् एकेडेमी साँगा काभ्रेबीच हुने छ ।

कार्यक्रममा जनाइए अनुसार प्रतियोगितामा कुल १६ वटा टिमहरुको सहभागिता रहेको छ । त्यसमा भक्तपुर जिल्लाका ११ वटा टिमहरु रहेका छन् । भक्तपुरको भक्तपुर नगरपालिकाबाट ५ वटा, सूर्यविनायक नगरपालिकाबाट तीन वटा र चाँगुनारायण नगरपालिबाटबा तीन वटा टोलीहरु प्रतिस्पर्धामा सहभागी रहेको अयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले बताए ।

प्रतियोगितामा जिल्लाको मध्यपुर थिमि नगरपालिकाबाट भने सहभागिता छैन । मध्यपुर थिमिमा वडा लिग भइरहेको त्यहाँबाट प्रतियोगिताहरुको सहभागिता नरहेको जनाइएको छ । प्रतियोगितामा काठमाडौंको दुई, काभ्रेको दुई र ललितपुर जिल्लाबाट एउटा टोली प्रतिस्पर्धामा सहभागी रहेको जनाइयो ।

आयोजक भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासु, भक्तपुर जिल्ला फुटबल संघका उपाध्यक्ष सुनिल प्रजापति, सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सुरेश कवांलगायतले गोलाप्रथाद्धारा टाइसिट तयार पारेको थियो ।
प्रतियोगिताका संयोजक सुरेश कवांले प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा हुने छ ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई एक लाख २५ हजार र द्वितीय हुने टोलीलाई ६५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जानकारी दिइयो । प्रतियोगिताको उदघाटन फागुन १८ गते विहान आठ बजे महेश्वरी खेल मैदानमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा उदघाटन हुने जनाइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected