७ पुष २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

संसदको आगामी बैठक अवरुद्ध गर्ने राप्रपाको चेतावनी

१४ फागुन, काठमाडौं । राप्रपाले मिटर ब्याज, लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई चेतावनी दिएको छ । नभए संसदको आगामी बैठक अवरुद्ध गर्ने राप्रपाको चेतावनी छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बालुकुमारी घटनामा दोषी ठहरिएका मन्त्रीको राजीनासँगै मिटरब्याज र लघुवित्त पीडित, दुग्ध उत्पादक किसानको भुक्तानीको मुद्दा संसदमा निरन्तर उठेको बताए ।

तर सरकारले सुनेर पनि नसुनेको, देखेर पनि नदेखेको जसरी बसेको भन्दै उनले भने, ‘सरकारले मिटरब्याज र लघुवित्त पीडित, दुग्य उत्पादक किसानको विषयमा आउने बैठकभित्र ठोस सम्बोधन गरेन भने राप्रपाले आउने बैठकबाट संसद अवरुद्ध गर्छ ।’

उनले अघि भने, ‘संख्यामा कम भएका कारण यहाँबाट निकालिन्छ भने हामी निस्कन तयार छौं । तर यो समस्यामा राप्रपा संसद र सडक अब दुवैतर्फ उभिन्छ ।’

देशमा कस्तो न्याय व्यवस्था छ भन्ने अहिले सडकमा देखिएको उनले बताए । राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘सर्वहारा वर्गको अधिनायकत्व स्थापनाको नारा दिएर अगाडि बढेको पार्टीको नेतृत्वमा सरकार भएको बेला सर्वहारावर्गको अवस्था के छ भन्ने भृकुटीमण्डप र सिफलमा देखिन्छ ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।