१९ चैत्र २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

क्रिकेट विश्वकप लिग २ : घरेलु मैदानमै नेपालको तेस्रो हार

१३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अनतर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ ।घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो ।

त्रिवि मैदान कीर्तिपुरमा नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । डच टोलीका लागि विक्रमजित सिंहले ९२ बल खेल्दै ७ चौका मदतमा अविजित रहँदै सर्वाधिक ५६ रन बनाए ।

यस्तै साएब्रान्ड एंगलब्रेक्टले७५ बल खेल्दै ३ चौका मदतमा अविजित ४६ रन बनाए । यो जोडीले तेस्रो विकेटका लागि १०२ रनको साझेदारी गरे ।

नेपालले दुवै ओपनरको विकेट लिएपनि त्यसपछि थप विकेट लिन नसक्दा तेस्रो हार बेहोरेको हो ।

नेदरल्याण्ड्सका ओपनर माइकल लेभिटले ३४ बलमा ३९ तथा म्याक्स ओ’डाउडले २६ बलमा २८ रन बनाए ।

नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो ।

यस सिरिजमा नेपालले खेलेका चार खेलमध्ये कुनै पनि खेलमा २०० रनको स्कवर बनाउन सकेन । नेदरल्याण्ड्स विरुद्ध बनाएको १७२ रन नै नेपालले सिरिजमा बनाएको सर्वाधिक स्कोर रह्यो ।

२०२४-२७ लिग २ को नयाँ साइकल नेपालबाटै सुरु भएको छ । जहाँ नेपालसहित नेदरल्याण्ड्स र नामिबिया सहभागी थिए । त्यसमा नामिबियाले चारमध्ये ३ खेल जितेर ६ अंक जोड्यो । नेदरल्याण्डसले २ जित र २ हारबाट ४ अंक जोड्दा १ खेल मात्र जितेको नेपालले २ अंक जोड्यो ।

नेपालले अब लिग २ को अर्को शृखंला आगामी सेप्टेम्बरमा क्यानडामा र अक्टोबरमा अमेरिकामा खेल्नेछ । क्यानडामा हुने शृखंलामा नेपाल, क्यानडा र ओमानबीच हुनेछ भने अमेरिकामा नेपाल अमेरिका र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

लिग २ अन्तर्गत नै अर्को शृखंला भने यही २८ फेब्रुअरीबाट युएईमा सुरु हुनेछ । जहाँ युएई, क्यानडा र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

 

 

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected