६ जेष्ठ २०८१, आईतवार
मुख्‍य समाचार समाचार सूचना प्रविधि

एक क्लिकमै फेसबुक ह्याक हुने कमजोरी पत्ता लगाउने समीप अर्याल मेटाको पहिलो नम्बरमा

१२ फागुन, काठमाडौं। विश्वको चर्चित सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले नेपाली युवक समीप अर्यालललाई आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने साइबर सुरक्षा विज्ञको पहिलो नम्बरमा राखेको छ ।

एक क्लिकमै फेसबुक कब्जा गर्न सक्‍ने सुरक्षा कमजोरी पत्ता लगाएपछि शुक्रबार मेटाले आफूलाई ह्वाइट ह्याक अर्थात  हल अफ फेमको पहिलो र्‍याङ्कमा राखेको साइबर सुरक्षा विज्ञ समीप अर्यालले बताए ।

उनले कुरा गर्दै भने, ‘फेसबुकमा भएको जुनसुकै एकाउन्ट  एक क्लिक र जिरो क्लिकमै आफ्नो कब्जामा लिन सक्‍ने कमजोरी पत्ता लगाएँ । यस्तो एकाउन्ट नै टेकओभर गर्ने कमजोरी पत्ता लगाएर फेसबुकमा नोटिस गरेपछि मेटाले सन् २०२४मा एक नम्बर र्‍याङ्क दिएको हो।’

उनले लिंक पठाएर र लिंक नपठाइकन पनि  जुनसुकै फेसबुक प्रयोगकर्ताको एकान्ट कब्जामा लिन सक्‍ने कमजोरी पत्ता लगाएको बताए । उनले भने, ‘ यदि मैले कुनै लिंक पठाएर फेसबुक प्रयोगकर्ताको एकान्ट कब्जामा लिएँ भने त्यसलाई एक क्लिक र फेसबुक प्रयोगकर्तालाई लिंक नपठाइकनै उसको एकाउन्ट कब्जामा लिए भने त्यसलाई जिरो क्लिक भन्छौं। फेसबुकमा यो दुवै कमजोरी मैले पत्ता लगाएँ र फेसबुकलाई खबर गरेँ।’

फेकबुकको सुरक्षालाई थप बलियो बनाउन टु फ्याक्टर अथनिकेशन बाइपासमा ध्यान दिनुपर्ने उनको सुझाब छ। उनी भन्छन्, ‘फेसबुकमा टु फ्याक्टर अथनिकेशन बाइपास कमजोरीले अरूको कब्जामा जान सक्छ। त्‍यसकारण  हामीले यसबारे सचेत रहनुपर्छ।’

अहिले ह्याइट ह्याकरको शीर्ष स्थानमा आफू भए पनि योभन्दा बढी साइबर सुरक्षा कमजोरी पत्ता लगाए अर्को व्‍यक्ति उक्त पहिलो र्‍याङकमा पर्न सक्ने उनी बताउँछन्।

उनी भन्छन्, ‘सन् २०२४मा म नै फेसबुकको ह्वाइट ह्याकरको पहिलो र्‍याङ्कमा छु। तर मभन्दा पनि बढी स्कोर ल्‍याउने व्यक्ति पहिलो स्थानमा हुनसक्छ।’

यसअघि सन् २०२३मा पनि फेसबुकका सुरक्षा कमजोरी पत्ता लगाएर ह्वाइट ह्याकरको शीर्ष २७औं स्थानमा परेका थिए । उनले फेसबुकमात्रै नभएर विश्वका चर्चित सर्च इन्जिन गुगल, सामाजिक सञ्जाल इमो, ओटीटी प्लेटफार्म नेटफ्लिक्सका कमजोरी पत्ता लगाएर अवार्ड पाइसकेको बताए ।

यसरी कमजोरी पत्ता लगाइदिएबापत उनी फेसबुकले आयोजना गर्ने साइबर सुरक्षा रेक्युरिटी रिसर्चमा सहभागी भइसकेको बताउँछन् । उनी भन्छन्, ‘फेसबुकले सन् २०२१मा सिंगापुरमा साइबर सेक्युरिटी रिसर्च केन्फेरेन्स आयोजना गरेको थियो।जसमा मलगायत नेपालका ४जना त्यहाँ सहभागी भएका थियौं ।’

उनका अनुसार सन् २०२१मा  सिंगापुरमा फेसबुकले आयोजना गरेको साइबर सेक्युरिटी कन्फेरेन्समा नेपालबाट  रिकेश बानियाँ, मनोज गौतम, नरेश लामघाँडे, सौगात पोखरेल सहभागी भएका थिए ।

उनी हाल इलोक्ट्रोनिक्स एण्ड इलोक्ट्रोकिल कम्युनिकेशन विषय लिएर काठमाण्डु युनियचर्सिटीमा दोस्रो वर्ष सकाएर तेस्रो वर्षमा पढ्‍ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्