२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री प्रचण्ड र आरती साहको परिवारबीच भेट

८ फागुन, काठमाडौं । प्रधानममन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आरती साहको परिवारबीच भेटवार्ता भएको छ ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा साहको परिवार बुधबार बालुवाटार पुगेका थिए । भेटमा आफूहरुले न्यायका लागि गर्नु परेको संघर्षबारे प्रधानमन्त्रीलाई जानकारी गराएको आरतीका भाइ प्रेमले जानकारी दिए । ‘प्रमाणहरु लुकाइयो, हामीमाथि पनि कुटपिट भयो भनेर हामीले भन्यौं’ उनले भने, ‘उहाँले हाम्रो कुरा सुन्नुभयो । त्यहीबाट कसैलाई फोन पनि गर्नु भयो ।’

प्रधानमन्त्री प्रचण्डले न्यायका लागि पहल गर्ने आश्वासन समेत दिएको प्रेमले जानकारी दिए ।

जनकपुरकी आरतीको हत्या भएको परिवारको दाबी छ । परिवारले निरन्तर धर्ना दिएपछि मुद्दा दर्ता भएर उनका श्रीमान पुर्पक्षका लागि थुनामा समेत गरेका छन् ।

तर उनको माइती परिवार (आमा, बाबु, भाइ र बहिनी)ले पूर्ण न्याय माग गर्दै धर्नामा छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।