१९ चैत्र २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

मनमोहन कप राष्ट्रिय यू–१६ क्रिकेटमा मधेश प्रदेश बन्यो च्याम्पियन

७ फागुन, पोखरा । तेश्रो मनमोहन (एमएम) कप राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरद्वारा आयोजित प्रतियोगितामा सोमबार भएको फाईनलमा मधेशले सुदुर पश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।
मधेश प्रदेश दोश्रो पटक च्याम्पियन बनेको हो । मधेश प्रदेशले एमएम कपको पहिलो संस्करणमा समेत उपाधि जितेको थियो ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको फाईनलमा सुदूरले दिएको ८७ रनको लक्ष्य मधेशले २०.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मधेशका लागि प्रियाशुं कर्णले १३ रन बनाए । मोहमद अरमानले २० रनको योगदान दिंदा परिमार्जन यादवले ३० रनमा नट आउट रहे । सुदुर पश्चिमका लागि डम्वर माझीले २, निराजन गौतम र निरज ऐरले १–१ विकेट लिए ।

टस जितेर व्याटिङ रोजेको सुदुर पश्चिम २०.२ ओभरमा सबै विकेट गुमाउँदै ८६ रन बनायो । सुदुर पश्चिमका लागि विशाल विष्टले २४, निराजन गौतमले १८ र सचिन साउदले १४ रन बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

सुदूरलाई अलआउट गर्न मधेशका धिरेन्द्र पासवानले ४ र रोहन यादवले ३ विकेट लिए ।फाइनल खेलमा मधेश प्रदेशका धिरेन्द्र पासवान म्यान अफ दि म्याच बने ।च्याम्पियन भए संगै मधेशले नगद १ लाखका साथमा ट्रफी हात पारेको छ भने उपविजेता सुदुर पश्चिमले नगद ५० हजारका साथमा ट्रफी प्राप्त गर्यो ।

प्रतियोगितामा मधेश प्रदेशका चन्दन राम प्लेयर अफ दि सिरिज घोषित भए । उनले प्रतियोगितामा ८३ रन बनाउनुकासाथै १० विकेट लिएका थिए । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट बलर सुदुर पश्चिमका डम्बर माझी घोषित भए । उनले प्रतियोगितामा कुल १४ विकेट लिएका थिए ।

यस्तै १५२ रन बनाएका मधेश प्रदेशका राहुल हक अन्सारी उत्कृष्ट ब्याटर घोषित भए । प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, पूर्व संघिय मन्त्री एवं सेन्टरका उपाध्यक्ष रामकुमारी झाँक्रीलगायतले नगद ट्रफी मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । सदस्य सचिव घिसिङले यूवा खेलाडी उत्पादनका लागि प्रतियोगिता सहायक हुने विश्वास व्यक्त गरे ।

माघ २८ गते बाट सुरु भएको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता २५ ओभरमा खेलाईएको थियो । लिग कम नकआउट अन्तर्गत प्रतियोगिताको समूह ‘क’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश छन् भने समूह ‘ख’मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल रहेका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected