२७ फाल्गुन २०८२, बुधबार
खेलकुद समाचार समाज

आर्यनको कीर्तिमानी ६ विकेटमा नामिबिया १२३ रनमा अल आउट

७ फागुन, काठमाडौं । स्पिनर आर्यन दत्तको कीर्तिमानी ६ विकेटसँगै नामिबियाले आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेदरल्यान्ड्सलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया ३५.१ ओभरमा १२३ रनमा अल आउट भयो । नामिबियाका जेजे स्मिथले ४६ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २६ तथा रुवेन ट्रम्पलम्यानले २० रन बनाए । निकोलस डेभिन र जेराल्ड इरास्मस १३-१३ रनमा आउट भए ।

चोभार एन्डबाट आएका लेग स्पिनर आर्यन दत्तले टीयुको बीहानी कन्डिसनको भरपूर्ण फाइदा उठाए । उनले नवौं ओभरको दोस्रो बलमा माइकल भान लिंगेनलाई ४ रनमा एलबीडब्लू आउट गरे । अन्तिम बलमा जेपी कोट्जीलाई ५ रनमा बोल्ड गरे ।

११ औं ओभरको तेस्रो बलमा जेन फ्रेलिंकलाई शून्यमा एलबीडब्लू आउट गरे । जेराल्ड इरास्मसलाई १३ रनमा क्याच र जान निकोल लोफ्टीलाई शून्यमा बोल्ड गरेका थिए । एक समय ७.२ ओभरमा २०–० को अवस्थामा पुगेको नामिबिया १३ ओभरमा ४४–६ को दयनीय अवस्थामा पुगेको थियो ।

सातौं विकेटका लागि जेन ग्रीन र जेजे स्मिथले ३० रनको साझेदारी गरेका थिए । ग्रीन १९ रनमा क्रसबाट क्याच आउट भएपछि अर्यानले कीर्तिमानी ६ विकेट पूरा गरेका थिए । उनी नेदरल्यान्ड्सबाट ओडीआईमा ६ विकेट लिने पहिलो खेलाडी हुन् । यसअघि नेदरल्यान्ड्सबाट शरिज अहमद, बास डि लिडे र टिम भान डर गुर्टेनले ५-५ विकेट लिए ।

बेर्नार्ड स्कोल्ट्जले १२ रन बनाए । आर्यन दत्तले ९ ओभरमा ३४ रन खर्चेर ६ विकेट लिए । कायल केलिनले दुई, रोलेफ भान डर मर्वे र म्याक्स ओडआउडले १-१ विकेट लिए ।

नेदरल्यान्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । आर्यन दत्तले ३ ओभरमा ४४ रन खर्चिदै खराब प्रदर्शन गरेका थिए । तर आज ६ विकेट लिंदै कीर्तिमान बनाएका हुन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected