२३ फाल्गुन २०८२, शनिबार
खेलकुद समाचार समाज

नेपालविरुद्ध बिर्सनलायक बलिङ गरेका आर्यनको नामिवियाविरुद्ध पाँच विकेट

७ फागुन, काठमाडौं – नेरदल्यान्ड्सका स्पिनर आर्यन दत्तले आईसीसी क्रिकेट विश्वकप विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिवियाविरुद्ध आफ्नो ओडीआई करिअरको पहिलो पाँच विकेट पूरा गरेका छन् ।

चोभार एन्डबाट आएका लेग स्पिनर उनले पाँच विकेट लिँदै टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिवियालाई दयनीय अवस्थामा पुर्याएका छन् ।
टियुको विहानी कन्डिसनको भरपूर्ण फाइदा उठाए । उनले नवौं ओभरको दोस्रो बलमा माइकल भान लिंगेलनलाई ४ रनमा एलबीडब्लू आउट गरे ।

यसै ओभरको अन्तिम बलमा जेपी कोट्जीलाई ५ रनमा बोल्ड गरे । ११ औं ओभरको तेस्रो बलमा जेन फ्रेलिंकलाई शून्यमा एलबीडब्लू आउट गरे । जेराल्ड इरास्मसलाई १३ रनमा क्याच र जान निकोल लोफ्टीलाई शून्यमा बोल्ड गरेका थिए ।

एक समय ७.२ ओभरमा २०–० को अवस्थामा पुगेको नामिविया १३ ओभरमा ४४–६ को दयनीय अवस्थामा पुगेको थियो । आर्यनले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट लिएका छन् । नेदरल्यान्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । आर्यनले मात्रै ३ ओभरमा ४४ रन खर्चिदै खराब प्रदर्शन गरेका थिए ।

नामिवियाले १५ ओभरमा ६ विकेट गुमाउँदै ४७ रन बनाएको छ । नामिवियाको अन्तिम आशाको रुपमा जेजे स्मिथ ७ र जेन ग्रिन १ रनमा क्रिजमा छन् ।

नेपालसँग पहिलो खेलमा ९ विकेटले पराजित भएको नेदरल्यान्ड्सले रोलेफ मान डर मर्वे र तेजा निडामानिरुलाई खेलाएको छ । शरिज अहमद र वेस्ली ब्यारेसीलाई बेन्चमा छन् ।उता नामिवियाले टोलीमा एक परिवर्तन गरेको थियो । नेपालविरुद्ध डेब्यू खेल खेलेका ज्याक ब्रासेललाई बाहिर राख्दा जेपी कोट्जीलाई खेलाएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected