२७ फाल्गुन २०८२, बुधबार
खेलकुद समाचार समाज

मलेसियाविरुद्ध टस जितेको नेपालले पहिले ब्याटिङ गर्दै

४ फागुन, काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । मलेसियाको बायोमास ओभलमा भएको टसमा नेपालकी कप्तान इन्दु बर्माल टस जितेर पहिला ब्याटिङ रोजेकी हुन् ।

विजेता टोलीले यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । पहिलो सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै फाइनलमा पुग्नुको साथै एसिया कपमा स्थान बनाएको छ । जितका लागि ७१ रनको विजयी लक्ष्य पछ्याएको थाइल्यान्ड ६६ रनमै अल आउट भएको थियो ।

एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् । मलेसियालाई हराउन सके ८ वर्षपछि महिला टोली एसिया कपमा पुग्नेछ ।

पछिल्लो पटक नेपालले २०१६ मा थाइल्यान्डमा एसिया कप टि–२० क्रिकेट खेलेको थियो । त्यसबेला भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड सबै पाँच टोलीसँग हारेर नेपाल बाहिरिएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected