१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

विधान सम्मेलनबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै

२९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिए लगत्तै पार्टी पदाधिकारी बैठक बस्ने भएको छ ।

आजै ४ बजे बालुवाटारमा बस्ने पदाधिकारी बैठकले भोलिदेखि सुरु हुने विधान सम्मेलनका विषयमा छलफल गर्ने जनाइएको छ ।

आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा माओवादीले चार महिना रुपान्तरण अभियानको समीक्षा गर्दै सफल भएको निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रको विधान सम्मेलन मंगलबारदेखि तीन दिनसम्म चल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्