१२ श्रावण २०८१, शनिबार
मनोरन्जन समाचार समाज

‘गुलाबी सरर’मा आरजु देउवाको डान्स भिडियो भाइरल

२१ माघ, काठमाडौं । भारत उत्तराखण्डको चर्चित गीत ‘गुलाबी सरर’मा कांग्रेस नेतृ आरजु राणा देउवाले डान्स गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । छोरा जयवीरको विवाहको पूर्वसन्ध्यामा आयोजित जमघटमा आरजुले ठुम्का लगाएकी हुन् ।

उक्त हिट गीतसँगै अन्य केही गीतमा समेत आरजुसहितका सहभागीले छमछमी नाचेको देख्न सकिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले आरजुले नाचेको भिडियो सेयर गर्दै उनको नृत्यकलाको प्रशंसा गरेका छन् ।

खासगरी आकर्षक डान्स स्टेपमा आरजुले नाचेकी छन् । सोल्टी होटलमा आयोजित उक्त जमघटमा आरजुले नाच्दै रमाइलो पनि गरेकी थिइन् । फेसबुक र इन्स्टाग्रामको रिल्सदेखि टिकटकमा आरजुको नृत्यको भिडियो भाइरल बनेको छ ।

उनको नाचमा विभिन्न प्रतिक्रिया प्राप्त भएका छन् । अधिकांशले उनको डान्सको भिडियोको प्रशंसा गर्दै उनले निजी जीवनमा रमाउन पाउनुपर्ने धारणा राखेका छन् । कतिपयले कलाकारितामा आरजुको रुचिको प्रशंसा गरेका छन् ।

आरजु र कांग्रेस सभापति शेरबहादुर देउवाका एक्ला छोरा जयवीरले आइतबार कभर गायिका शिवाना श्रेष्ठसँग विवाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्