२९ माघ २०८२, बिहीबार
खेलकुद समाचार समाज

अफगानिस्तानलाई हराए नेपाललाई सुपर सिक्समा पुग्ने अवसर

१२ माघ, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा आज अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ ।

नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ । नेपाल र अफगानिस्तान बीचको विजेता टोली सुपर सिक्समा पुग्नेछ । नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । दुबै टोली समूह ‘डी’ मा अंक विहीन छन् । सुपर सिक्समा पुग्न आजको खेलको नतिजा निर्णायक हुनेछ । विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

दक्षिण एसियाका दुई चर्चित यू-१९ टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् । त्यसैले आज यी दुई टोलीबीच यू-१९ विश्वकपमा पहिलो पटक भेट हुनेछ ।

पछिल्लो पटक नेपाल र अफगानिस्तान गत डिसेम्बरमा युएईको आइसीसी ओभल एकेडेमीमा भिडेका थिए । त्यो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । नेपालका अर्जुन कुमालले ९१ रन बनाए पनि जिताउन सकेका थिएनन् । अर्जुनले विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग ९० रनको इनिङ खेलेका थिए ।
अर्जुन आजको खेलमा पनि नेपालका प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । उनलाई अर्को एन्डबाट साथ दिन आवश्यक देखिन्छ ।

गुलशन झा नेपालका अनुभवी खेलाडी हुन् । तर एसिया कप र विश्वकपमा चल्न सकेका छैनन् । विश्वकपमा न्युजिल्यान्डसँग २ र पाकिस्तानसँग १८ रनमा आउट भएका थिए । गुलशनले जिम्मेवारी इनिङ खेल्नुपर्ने हुन्छ ।

कप्तान देव खनालले पनि राम्रो गर्न सकेका छैनन् । सुरुवात पाए पनि ठूलो इनिङबाट चुक्दै आएका छन् उनी । देव र गुलशनले आजको खेलमा अतिरिक्त जिम्मेवारी लिनुपर्ने देखिन्छ ।

नेपालका ब्याटरले पछिल्लो खेलमा पाकिस्तानका स्पिनरसँग संघर्ष गरेका थिए । अफगानिस्तानको मुख्य हतियार नै स्पिन आक्रामण हुनेछ । नेपाली ब्याटर सम्हालिएर खेल्नुपर्ने हुन्छ । न्युजिल्यान्डले ९२ रन पूरा गर्न अफगानिस्तानसँग ९ विकेट गुमाएको थियो । गजान्फर, खलिल अहमद र अर्ब गुल प्रमुख स्पिनर हुन् । यी तीन स्पिनरले आज पनि निरन्तरता पाउनेछन् । यी तीन स्पिनरको सामना गर्न सहज हुने छैन ।

एसिया कपमा अफगानिस्तानका जाश्मिद जद्रानले नेपालविरुद्ध शतक हानेका थिए । उनी अफगानिस्तानका प्रमुख ब्याटर हुन् । नेपालले दुबै खेलमा पावर प्लेमा विकेट लिन सकेको थिएन । पावर प्लेमा गुलशन झा, आकाश चन्द र दुर्गेश गुप्ताले राम्रो बलिङ गर्न आवश्यक देखिन्छ । स्पिनरमा दीपेश कँडेल र सुवास भण्डारीले निरन्तरता पाउनेछन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected