१३ असार २०८३, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

पुलिसको स्पिन सामू मधेशको कमजोर ब्याटिङ

१० माघ, काठमाडौं । दुई स्पिनर ललित राजवंशी र सागर ढकालको उत्कृष्ट बलिङ सामु कमजोर प्रदर्शन गरेपछि मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ९७ रनको सामान्य लक्ष्य दिएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेश २४ ओभरमा ९६ रनमा अल आउट भयो । मधेशका कप्तान हरिशंकर साहले ३३ बलमा ४ चौकासहित २२ तथा अरनिको यादवले २६ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाए । अभिषेक तिवारी ११ रनमा नट आउट रहे ।

मूलपानीको स्पिनर सहयोगी पिचमा मधेशका ब्याटर क्रिजमा टिक्न सकेनन् । अघिको खेलमा त्रिवि मैदानमा मधेशले सुदूरपश्चिमसँग ३१९ रन बनाएको थियो । तर मूलपानीमा १ सय रन पनि कटाउन सकेन ।

अनिल साह १, मयन यादव ५, पवन सर्राफ ६, निरज यादव ४ र रुपेश सिंह ५ रनमा आउट भए ।

पुलिसका सागर ढकालले ९ ओभरमा ४१ रन खर्चेर ५ विकेट लिए । ललित नारायण राजवंशीले ५ ओभरमा २ मेडनसहित १२ रन खर्चेर ४ विकेट लिए । राशिद खानको नाममा १ विकेट रह्यो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected