६ फाल्गुन २०८२, बुधबार
बैंक–वित्त

धर्मले मुम्बइ म्याराथनमा दौड्ने

४ माघ, काठमाडौं । भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बइ म्याराथनमा दौड्ने भएका छन् । जनवरी २१ तारिखमा हुने म्याराथन (४२.१९५ किलोमिटर) मा सहभागी हुन धर्म शुक्रबार भारतको मुम्बइ प्रस्थान गर्दै छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले धर्मलाई सफलताका लागि शुभकामना दिदै बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । धर्मले ५० वर्षमाथिको उमेरसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।

त्रिशक्ति सिमेन्टका मार्केटिङ म्यानेजर किशन चरणले धर्मलाई तत्काल आंशिक प्रायोजन गरेको बताउदै राम्रो नतिजा हासिल गरे थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

धर्मले विश्वका प्रसिद्ध बोस्टन, बर्लिन, लन्डन र टोकियो म्यारथानमा सहभागिता जनाइसकेका छन् । त्यस बाहेक धर्मले विभिन्न दूरीको अन्तर्राष्ट्रिय दौडमा पनि सहभागिता जनाइसकेका छन् ।

धर्म जापानको किताकामीमा सन् २०१४ मा भएको १८ औं एसियाली मास्टर्स एथलेटिक्सको १० हजार मिटर दौडका कांस्य विजेता हुन् ।

थप समाचारहरु

बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र
बैंक–वित्त

‘अब तापक्रम घट्दै जान्छ, गर्मीबाट राहत मिल्छ’

२८ जेठ, काठमाडौं। अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार आइतबार (आज)