१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

देउवा धुम्बाराहीबाट आफ्नै निवास बूढानीलकण्ठ सरे

३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धुम्बाराहीस्थित भाडाको घरबाट आफ्नै निवास बूढानीलकण्ठमा सरेका छन् ।

सभापति देउवा बुधबार आफ्नै निवासमा सरेको उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

गत पुस १० मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बनेपछि देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट सिधै धुम्बाराहीमा भाडाको निवासमा सरेका थिए ।

बूढानीलकण्ठस्थित निवास मर्मत सम्भार गर्नु परेकाले देउवा भाडाको घरमा सरेका थिए ।

२०७८ असारमा गठबन्धनबाट सरकार बनेपछि देउवाले बूढानीलकण्ठको निवास छोडेका थिए । घर निर्माणको कार्य छ महिनामा सकिने भनिए पनि एकवर्ष बढी लागेको थियो ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।