२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीको सचिवालयबाट हटाइए १३ जना

२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत १३ जना हटाइएका छन् । एक वर्षको कार्यकालको समीक्षापछि प्रचण्डले स्वकीय सचिवालयबाट १३ जना हटाएका हुन् ।

१ माघदेखि सचिवालयका एक स्वकीय सहसचिव, ४ जना स्वकीय उपसचिव, एक स्वकीय शाखा अधिकृत, २ जना प्रशासन सहायक, २ जना कम्प्युटर सहायक र २ जना हलुका सवारी चालक जिम्मेवारी मुक्त भएका हुन् ।

प्रधामनन्त्रीका प्रमुख स्वकीय सचिव सन्तु दरैकाअनुसार स्वकीय सहसचिव रहेका नारायणप्रसाद ढुंगानासहित सचिवालयका १३ जनालाई एक वर्षको योगदानको लागि धन्यवादसहित बिदा गरिएको हो ।

स्वकीय उपसचिवहरु रमेशप्रसाद गुरागाईं, ओमकुमारी पौडेल, सावित्रीकुमारी अधिकारी र कलबहादुर नाथ विदा भएका छन् । स्वकीय शाखा अधिकृत लाले कुमालसँगै प्रशासन सहायकद्वय युवराज शाह र रामलाल पराजुली पनि हटाइएका छन् ।

कम्प्युटर सहायक बासुदेव शर्मा र खड्क योगीसँगै कार्यालय सहयोगी अविनाश वाइवा पनि प्रधानमन्त्रीको सचिवालयबाट बिदा भएका छन् ।

हलुका सवारी चालकहरु रमेशप्रसाद घिमिरे पवित्रबहादुर शाही पनि सचिवालयबाट हटेका छन् ।

‘प्रधामनन्त्री कार्यालयको सचिवसहित विभिन्न पदको दरबन्दी कटौती गरेर चुस्त बनाउने क्रममा सचिवालयमा पनि कटौती गरिएको हो,’ प्रमुख स्वकीय सचिव दरैले भने,‘यो प्रधामनन्त्रीको अठोट बमोजिमको सुधारको काम हो ।’

१३ जना विदाइ भएपनि सचिवालयका अत्यावश्यक ठाउँमा केही जनशक्ति पनि ल्याइने उनले बताए । सचिवालयमा राष्ट्रिय समाचार समितिबाट हरि लामिछानेलाई लगिएको छ । प्रधामनन्त्रीले अर्थ मामिलाका सल्लाहकार पनि सचिवालयमा थप्न सक्ने अधिकारीहरु बताउँछन् । अहिलेसम्म प्रधामनन्त्रीको स्वीकय सचिवालयमा ३५ जना नियुक्त भएर कार्यरत थिए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।