२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल हुने

२ माघ, काठमाडौँ। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् ।
कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज  बिहान ९ : १५ बजे सुरु हुने छ । अर्को खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेस प्रदेशबीच बिहान ९ : १५ बजे सुरु हुने छ ।
तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच आजै बिहान ९ : ०० बजे सुरु हुने छ ।
हालसम्म सम्पन्न खेलको नतिजाअनुसार एपिएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ । एपिएफले आफ्ना दुवै खेल जितेर चार अङ्क जोडेको छ ।
यस्तै त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा, सुदूरपीश्चम प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौँ, मधेस प्रदेश छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा रहेका छन् । दुई दुईवटा खेल खेलेका गण्डकी, बागमती र कोशी प्रदेश हालसम्म जितविहीन अवस्थामा छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected