२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

प्रधानमन्त्री कप क्रिकेट: दिपेन्द्रको कप्तानीमा पुलिसको टिम घोषणा

२७ पुस, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम घोषणा गरेको छ ।

टिममा राष्ट्रिय टिमबाट खेलेका ११ खेलाडी छन् । टिममा कुशल भुर्तेल, करण केसी, आरिफ शेख, ललित राजवंशी, अर्जुन साउद र दिलिप नाथ छन् । अर्जुन साउदले यसअघिको प्रधानमन्त्री कप भने आर्मीबाट खेलेका थिए ।

यस्तै अमित श्रेष्ठ, सुनिल धमला, ललित राजवंशी, सागर ढकाल, शंकर राण, राशिद खान, ललित भण्डारी र रोशन बुढा पनि पुलिसको टिममा छन् ।

पुलिसको टिमको प्रशिक्षकमा टिमका पूर्व कप्तान रहेका मञ्जित श्रेष्ठ रहनेछन् । एक दशक भन्दा लामो समय मञ्जितले पुलिसको कप्तानी गर्दा दर्जन बढी उपाधि जिताएका थिए ।

नवौं राष्ट्रिय खेलकुदमा पुलिसको पुरुष टिमलाई कप्तानको रुपमा स्वर्ण दिलाएका उनले पुरुष टिमको प्रशिक्षक भने पहिलो पटक बनेका हुन् । उनले पुलिसको महिला क्रिकेट टिमलाई प्रशिक्षकको रुपमा पनि स्वर्ण जिताएका थिए ।

प्रधानमन्त्री कप खेल्ने पुलिसको टोलीः

दिपेन्द्र सिंह ऐरी(कप्तान), कुशल भुर्तेल, करण केसी, आरिफ शेख, अर्जुन साउद, दिलिप नाथ, अमित श्रेष्ठ, सुनिल धमला, ललित राजवंशी, सागर ढकाल, शंकर राण, राशिद खान, ललित भण्डारी र रोशन बुढा

प्रशिक्षक ः मञ्जित श्रेष्ठ

टिम व्यवस्थापक ः  चित्रबहादुर विष्ट

प्राविधिक विश्लेषक ः विजयकुमार धिताल

 

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected